धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

कर्णाली प्रदेशमा प्रादेशिक महिला विभाग गठन

सुर्खेत राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल केन्द्रिय महिला विभागका केन्द्रिय अध्यक्ष डोमा राईज्यू र सहकोषाध्यक्ष सुशिला खड्काज्यूको विशेष उपस्थितीमा कर्णाली प्रदेशमा प्रादेशिक महिला विभाग गठन भएको छ । विभिन्न मण्डलीहरुबाट महिला दिदीबहिनीहरुको उपस्थिती रहेको प्रादेशिक भेलाले बलिमाया बुढाज्यूको अध्यक्षतामा ९ सदस्यीय प्रादेशिक महिला विभाग गठन गरेको छ भने सुशिला वि.क. ज्यूको अध्यक्षतामा ७ सदस्यीय सुर्खेत जिल्ला समिति गठन गरेको छ । त्यस्तै प्रादेशिक महिला विभागले जुम्ला र मुगुमा जिल्ला समितिको चाँडै विस्तार गर्ने बताइएको छ । केन्द्रिय महिला विभागले अब देशभर विभागको समितिहरु गठन गर्दै मण्डलीका महिला दिदीबहिनीहरुको उत्थान र विकासमा अग्रसर रहने विभागले जनाएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd