धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

एफ.एन.सी.एन., एन.सी.एफ.एन. र एन.सी.एसद्वारा संयुक्त ओजित बृहत इष्टर सन्डे (पुनरुत्थान) २०२२ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

४ बैशाख २०७९ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल (एफ.एन.सी.एन.), राष्ट्रिय मण्डली संगति नेपाल (एन.सी.एफ एन.) र नेपाल ख्रीष्टियन समाज (एन.सी.एस)द्वारा संयुक्त आयोजित बृहत इष्टर सन्डे (पुनरुत्थान) २०२२को शुभकामना आदान प्रदान कार्यक्रम राष्ट्रिय मण्डली संगति नेपालको अध्यक्ष रेभ. पा. हनोक तामाङको सभापत्तित्व र पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीको प्रमुख आतिथ्यमा भब्यताका साथ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न गरेको छ ।

 

सो समारोहमा महासंघको तर्फबाट केन्द्रीय कार्याबहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्री, बरिष्ठ सहअध्यक्ष रिता थापा मगर काबो, संरक्षक सी.बी. गहतराज, महासंघका प्रवासी तथा गैह्र आवासिय विभाग उपप्रमुख तथा युरोप महादेश प्रमुख डा. विशप डम्बर अधिकारी (जर्मनी), महासंघका प्रवासी तथा गैह्र आवासिय विभाग सचिव तथा एसिया महादेश प्रमुख रेभ. पा. राजु बराइली (हङकङ), एन.सी.एफ.एन. को तर्फबाट केन्द्रीय अध्यक्ष रेभ. पा. हनोक तामाङ, महासचिव पा. शेर ए.सी., सल्लाहकार रेभ. पा. प्रकाश सुब्बा र एन.सी.एस.को तर्फबाट केन्द्रीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव पा. डिल्लीराम पौडेल र सचिव मुकुन्द शर्मा, पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारी, लगाएत तीनै ओटा संस्थाका पदाधिकारीहरु र काठमाडौं उपत्यका भित्र रहेको विभिन्न इसाई समाजका अध्यक्ष, पाष्टर अगुवा लगाएत पत्रकारहरुको बृहत सहभागीता रहेको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd