धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

एक दिने आत्मा निर्भर तालिम सम्पन्न

मिति २०७६ साउन १९ गतेका दिन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको ललितपुर महिला विभागको आयोजनामा एक दिने आत्मा निर्भर तालिम (झोल साबुन बनाउने तालिम) सम्पन्न भएको छ । तालिममा विभिन्न मण्डलीबाट १९ जना महिलाहरु सहभागी थिए । शुरुको प्रार्थना एस्थर लामाज्यूले गर्नुभएको थियो र तालिमको सहजीकरण पनि गर्नुभएको थियो । ललितपुर महिला विभागको अध्यक्ष पा.आशा राईज्यूले तालिममा सहभागी हुनुभएका सबै जनालाइ धन्यवाद साथै प्रार्थनाको समापन गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd