धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

उपत्यका प्रार्थना विभागको मासिक प्रार्थना सम्पन्न

५ मङ्सिर २०७९ काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको उपत्यका प्रार्थना विभागद्वारा आयोजित मासिक उपत्यका प्रार्थना अनुग्रह प्रतापी मण्डली चप्पलकारखाना काठमाण्डौमा सम्पन्न भएको छ । पा. फिलेमोन राईले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नुभएको थियो । भने आराधनाको अगुवाइ सिलोआँम बाँसबारी चर्चको सुस्मीता श्रेष्ठ र अन्जली लामाले गर्नुभएको थियो ।

संचालन तथा प्रार्थनाको अगुवाई सह सचिव मिना गुरुङले गर्नुभएको थियो । प्रार्थनाको विभिन्न विषयहरुमा केन्द्रीय सदस्य तारा बोगटी, डिकन हेम सुनुवार, पा. आत्माराम रम्तेल, सुकमाया लामा, केन्द्रीय सदस्य चन्द्रमाया श्रेष्ठ, र रेनु भण्डारीले सहायता गर्नुभएको थियो । सहअध्यक्ष तथा केन्द्रिय प्रार्थना विभाग प्रमुख देवमाया तामाङले सबैलाई धन्यवाद दिएर अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नु भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd