धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

उच्चस्तरिय समिति गठन, समाधिस्थलको व्यवस्था र ख्रीष्टमसको सार्वजनिक विदा घोषणा गरिने प्रधानमन्त्रीको प्रतिवद्धता

१३ कात्तिक २०७४, काठमाण्डौँ । सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूलाई ख्रीष्टियन समुदायका राष्ट्रिय सरोकारका विषयहरुमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्रतिनिधि मण्डलले उहाँकै निवास वालुवाटारमा भेट गरी ज्ञापन पत्र पेश गरेको छ । ज्ञापन पत्रमा नेपाल सरकार र राष्ट्रिय ख्रीष्टियन महासंघ वीच भएको ३ बुँदे र ६ बुँदे सहमती कार्यान्वयनको लागि एक उच्चस्तरिय समिति गठन गरिनुपर्ने र ख्रीष्टियन समुदायको मृत्युसंस्कार जस्ता संवेदनशिल विषयलाई ध्यानमा राखी समाधिस्थलको देशभर व्यवस्था गररिनु पर्ने र २०ं६४ सालदेखि दिदैँ आएको ख्रीष्टमस विदालाई सार्वजनिक विदाको रुपमा घोषणा गरिनुपर्ने लगायतका राष्ट्रिय सरोकारका विषयमा माग गरिएको हो । सम्माननीय प्रधानमन्त्रीज्यू लगायत नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौँडेल, पार्टी महामन्त्री शशांक कोइराला, नेता विमलेन्द्र निधि, नेता कृष्ण प्रसाद सिटौला, नेता अर्जुननरसिंह के.सी. लगायतका वरिष्ठ व्यक्तिहरुको रोहवरमा उक्त ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वी. गहतराजको नेतृत्वमा सह–अध्यक्ष रेभ. शामूएल सोदेम्वा रीता थापा मगर, पा. तेजमान तामाङ, उपाध्यक्ष रेभ. बाबुराम हिङ्गमाङ्ग, अन्ना पेडन महासचिव पा. पदमनाथ पराजुली, सचिव पा. तेज बहादुर रोक्का, पा. हेम बहादुर थापा, उपमहासचिव तथा प्रवक्ता पा. सागर बैँजु र प्रार्थना विभागका प्रमुख देउमाया तामाङ लगायतका प्रतिनिधि मण्डलले भेट गरिएको हो । भेटमा हालै पारित गरिएको फौजदारी विधेयकको विषयमा स्पष्ट गरिदिनुहुन प्रधानमन्त्रीज्यूलाई आग्रह गरेकोमा प्रधानमन्त्री शेर बहादुर देउवाज्यूले यो विधेयक सबै धार्मिक समुदायलाई यो विधेयकले वाधा व्यवधान नगरेको र ख्रीष्टियन समुदायलाई कुनै हल्लाको पछि नलागिकन ढुक्क भएर आफनो धार्मिक आस्था अनुसारको अभ्यास र प्रचार गर्न ख्रीष्टियन समुदायलाई भन्नुभयो । साथै सो भेटमा प्रधानमन्त्रीज्यूले सरकारसँग भएका सहमती यथासिघ्र छिटो कार्यान्वयन गरी समिति गठन गरिदिने, समाधिस्थलको देशभर व्यवस्था गरिदिने, ख्रीष्टमसको सार्वजनिक विदा घोषणा गरिदिने लगायतका राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालसँग भएका सहमतिहरु यथासिघ्र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd