धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

इष्टर सन्डे (पुनरुत्थान) महोत्सव २०७७ सम्पन्न

 

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले अप्रिल ४ तारिख अर्थात चैत्र २२ गतेका दिन नेपाली काङ्ग्रेसका पूर्व उपसभापती माननिय गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा इष्टर सन्डे (पुनरुत्थान महोत्सव भब्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ठ अतिथीहरु, महासंघका पदाधिकारीहरु, विभिन्न मण्डलीका पाष्टरहरु, अगुवाहरु, सदस्यहरु र पत्रकाहरु वृहत उपस्थिती रहेको थियो ।

 

ललितपुरको यूनिटी फुड क्याफेको सभा हलमा आयोजित इष्टर सन्डे (पुनरुत्थान) महोत्सव समारोहलाई माननीय गोपालमान श्रेष्ठले पानसमा बत्ती बालेर समुद्घाटन गर्नु भएको थियो । सो समारोहमा माननीय नवराज सिलवाल, जनजाती महासंघका पूर्व महासचिव आङ्काजी शेर्पा र बरिष्ठ अधिवक्ता तथा मानव अधिकार संघठनका पूर्व अध्यक्ष इन्द्र अर्याल बिशिष्ट अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।

 

उक्त इष्टर सन्डे (पुनरुत्थान) महोत्सव समारोहमा माननीय गोपालमान श्रेष्ठ, माननीय नवराज सिलवाल, जनजाती महासंघका पूर्व महासचिव आङ्काजी शेर्पा र बरिष्ठ अधिवक्ता तथा मानव अधिकार संघठनका पूर्व अध्यक्ष इन्द्र अर्यालले इष्टर सन्डे (पुनरुत्थान) २०२१ को शुभकामना मन्तब्य राख्नु भएको थियो । नेपाली ख्रीष्टियन समुदायको स्थिती २०२१ बारे परियोजना संयोजक पाष्टर धनराज घिमिरेले जानकारी गराउनु भयो भने उक्त परियोजनाको महत्व र आवश्यकता बारे महासंघका कानुनी सल्लाहाकार अधिवक्ता पाष्टर बुद्ध घिसिङ्गले प्रष्ट्याउनु भएको थियो ।

 

सहअध्यक्ष पाष्टर तेजमान तामाङ्गले स्वागतको मन्तब्य राख्नुभयो । त्यसैगरि महासंघको बारेमा सहअध्यक्ष रीता थापा मगरले जानकारी गराउनु भयो भने बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले परमेश्वरको वचनबाट बोल्नु हुँदै सबैमा उत्साह प्रदान गुर्न भएको थियो ।

 

उक्त कार्यक्रमलाई सचिवालय संयोजक रेभ. पाष्टर प्रेम कार्कीले कुशलता पूर्वक सञ्चालन गर्नुभएको थियो भने सुरुवातको प्रार्थना उपाध्यक्ष पा. बाबुराम हिङमाङले गर्नुभएको थियो । इष्टर सम्बन्धीका भजन गीतहरु केन्द्रिय सदस्य अनिल राईको क्वायर झुण्डले अगुवाई गर्नुभएको थियो भने इष्टर सन्डे (पुनरुत्थान) समारोहका सभापति सी.बी. गहतराजले धन्यवादको छोटो मन्तब्य राखेर कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो भने अन्तिम प्रार्थना मण्डली समन्वय विभाग प्रमूख रेभ. पा. सोनाम काबोले गर्नु भएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd