धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

इष्टर सण्डेको सम्बन्धमा बैठक सम्पन्न

१४ माघ ०७४, ललितपुर । प्रभु येशू ख्रीष्टको पुनरुत्थानको दिन इष्टर सण्डेको अवसरमा आयोजना गरिने -याली र इष्टर सण्डेलाई सार्वजनिक विदा गराउन महासंघका सह–अध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीज्यूको अध्यक्षता र अध्यक्ष सी.वी. गहतराजज्यूको विशेष उपस्थितीमा बैठक सम्पन्न भएको छ । बैठकमा महासंघका पदाधिकारीज्यूहरु, पा. रुपनारायण तिमल्सिनाज्यू र सल्लाहकार रेभ. प्रकाश सुब्बा लगाएतका विभिन्न मण्डलीका पास्टर अगुवाज्यूको वृहत उपस्थिती रहको थियो । प्रभु येशू ख्रीष्टको पुनरुत्थानको दिन इष्टर सण्डेको अवसरमा आयोजना गरिने -याली र इष्टर सण्डेलाई सार्वजनिक विदा गराउन सबै मिलेर लाग्नुपर्ने उपस्थित पास्टर अगुवाज्यूहरुले आ–आफनो धारणा व्यक्त गर्नुभएको थियो । इष्टर सण्डे -याली समितिको आगामी बैठक माघ २८ गते आइतबार बस्ने निर्णय गर्दै यसको प्रचारप्रसार र व्यवस्थापनको सम्पूर्ण तयारी युवा विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ । उक्त बैठकको सुरुको प्रार्थना सचिव पा. किरण दासज्यूले गर्नुभई समापनको अन्तिम प्रार्थना सह–कोषाध्यक्ष पा. इन्द्र बस्नेतज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd