धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

इटहरी इसाई समाजलको बृहत ख्रीष्टमस -याली तथा शुभकामना कार्यक्रम सम्पन्न

६ पुस इटहरी । इटहरी इसाई समाजले हिजो इटहरी चोकमा बृहत -यालीसहित बजार परिक्रमा गरी ख्रीष्टमस शुभकामना सभा सम्पन्न गरेको छ । समाजका अध्यक्ष राजेश भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त -याली तथा सभामा राष्ट्रिय खी्रष्टियन महासंघ नेपालका अध्यक्ष सिवि गहतराजज्यूको प्रमुख आतित्थ्ता रहेको थियो । सभामा इटहरी नागरिक समाजका निवर्तमान अध्यक्ष दानियल सुब्बाले ख्रीष्टमस सन्देश प्रचार गरेका थिए भने सभाको सञ्चालन इटहरी इसाई समाजका निवर्तमान अध्यक्ष मनोज श्रेष्ठले गरेका थिए । सभामा हजारौं इसाईहरुको सहभागिता थियो भने सोही संख्यामा -यालीमा सहभागि थिए । सभामा फ्रिडम पर अल नेपालका सचिव खगेन्द्र ओली, वैदिक दर्शन अध्ययन केन्द्रका अध्यक्ष पदम अधिकारी, नेकपा (माओवादी केन्द्र) का नेता ज्वाला, विभिन्न ख्रीष्टियन संघसंस्थाका प्रतिनिधिज्यूहरु र राजनीतिक दलका प्रतिनिधिज्यूहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए । बक्ताहरुले नेपाली इसाईहरुले हालसम्म पनि राज्यबाट अन्याय खेपीरहनु परेको भन्दै सबै नागरिक सरह समान अधिकार प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । ख्रीष्टमस पर्व प्रभु येशू ख्रीष्टको जन्मको सम्झनामा मनाईने उत्सव भएकाले पर्व मनाउन स्वतन्त्रपूर्वक पाउनुपर्ने माग गरेका छन् । प्रमुख अतिथि गहतराजले भने राज्यको गृह प्रशासन सञ्चालन गर्न सक्ने क्षमता इसाईहरुमा रहेको दाबी गरे । ख्रीष्टमस पर्वको अवसरमा प्रभु येशू ख्रीष्ट सारा मानिस जातिका मुक्तिदाता हुन भनि सु–सन्देश प्रवाह गर्न तथा इसाईहरुको हक, हित र अधिकारका सवालमा राज्यसत्ताको समेत ध्यान आकृष्ट गराउन -याली तथा सभाको आयोजना गरिएको इटहरी इसाई समाजमा अध्यक्ष राजेश भण्डारीले बताएका छन् ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd