धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

आपसी सद्भाव, मिलाप तथा ख्रीष्टको गवाही बन्नका लागि फुटबल प्रतियोगिताः महासंघ रौतहत जिल्ला समिति

२१ असोज २०७६ काठमाडौं, आपसी सद्भाव, मिलाप तथा ख्रीष्टको गवाही बन्नका लागि राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, रौतहट जिल्ला समितिको आयोजनामा रौतहट जिल्ला स्तरिय अन्तर मण्डली फुटबल प्रतियोगिताको चन्द्रपुर नगरपालिकाको खेल मैदानमा आज महासंघको केन्द्रिय अध्यक्ष सि.बि.गहतराजले खेलका रेफरीलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गर्नुभयो साथै आफ्नो छोटो मन्तब्य पनि राख्नु भएको थियो । सो उद्घाटन समारोहको अध्यक्षता महासंघका रौतहट जिल्ला समितिका अध्यक्ष रेभ.पा. दिपक राईले गर्नुभएको थियो भने प्रमुख अतिथि महासंघका केन्द्रिय अध्यक्ष सि.बि. गहतराज हुनुहुन्थ्यो । सो समारोहमा रौतहत जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामी, रौतहट ख्रीष्टिय समाजका अध्यक्ष पा. प्रलहद रामदम, चन्द्रपुर नगरपालिका ३ र ६ का वडा अध्यक्षहरु बैद्यनाथ देवकोटा र खड्ग बहादुर कुश्वारले आ–आफ्नो मन्तब्यमा महासंघले गरेको कार्यको सह्रना गर्नु भएको थियो र आगामी दिनहरुमा जिल्लाका अन्य क्लबहरुलाई पनि समेटी ठूलो प्रतियोगिता गर्न सुझाव दिनुका साथै मण्डलीहरुबाट पनि जिल्ला तथा राष्ट्रलाई नै चिनाउने गरी प्रतिष्ठित खेलाडिहरु उत्पादन गर्न सकेको होस् भनि शुभकामना दिनुभएको थियो र आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

आपसी सद्भाव, मिलाप तथा ख्रीष्टको गवाही बन्नका लागि यस फुटबल प्रतियोगिताको आयोजना गरेको कुरा महासंघका जिल्ला सचिव पा. किरण राईले जानकारी दिनुभयो र आगामी वर्षहरुमा अझ धेरै मण्डलीहरुलाई समेट्दै यस प्रकारको खेल आयोजना गर्ने पनि बताउनु भयो । उक्त समारोहमा महासंघका केही केन्द्रिय पदाधिकारीहरु, जिल्लाका पदाधिकारीहरु, जिल्लाका मण्डलीका पाष्टर तथा अगुवाहरु, मण्डलीका विश्वासीहरु तथा सर्वसाधरणहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सो नकआउट आधारमा खेलाइने फुटबल प्रतियोगितामा संयूक्त इसाई गोठालो, होसन्ना ए.जी. मण्डली, प्रशंसा भञ्झाङ, वर्सिप, ए.बि.सि, एस.बि.सि., संयूक्त मण्डली समूह र उद्धार ए.जी. मण्डली गरी ८ वटा टिमले प्रतियोगिता गर्दैछन् । असोज २१ देखि २८ सम्म चल्नेछ उक्त खेलमा प्रथम र दोश्रो स्थान हासिल गर्ने टिमहरुले सिल्ड, मेडल, प्रमाण पत्रका साथै क्रमश रु १५,००० र रु १०,००० पुरस्कार रासी हासिल गर्ने छन् । उद्घाटन खेलमा संयूक्त इसाई गोठालोले आफ्नो उत्कृष्ठ खेल पस्काँदै होसन्न ए.जि.मण्डलीलाई १–०ले पराजित गर्दै विजय शुरुवात गरेको छ । ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd