धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

आउँदो सोमवार धन्यवाद तथा प्रार्थना सभा गर्ने

६ असोज, २०७४, ललितपुर । आज महासंघको कार्यालयमा एक पत्रकार सम्मेलन गरी सल्यान जिल्ला कारागारबाट लाली पुन एवं दाङ्ग जिल्ला कारागारबाट रुपलाल परियार, गंगा परियार र बिमकली बुढालाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि. गहतराज, महासचिव पदमनाथ पराजुली, केन्द्रिय सदस्य बल बहादुर ताम्राकार र फ्रिडम फर अल नेपालका सचिव मानवअधिकारकर्मी खगेन्द्र ओलीको रोहवरमा थुनामुक्त गरिएको बारे एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छौ । सल्यान मुद्धासँग सम्बन्धित कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने वकिल, मानव अधिकारकर्मी, पत्रकार लगायत सम्पूर्ण पक्षहरुलाई हार्दिक धन्यवाद समेत पत्रकार सम्मेलन मार्फत दिएको थियो । त्यसैगरी त्यस मुद्धा विषयमा निरन्तर प्रार्थना गर्नुहुने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मण्डली (चर्च) तथा ख्रीष्टियन संघसंस्थाहरुलाई महासंघको तर्फबाट धन्यवाद व्यक्त गर्दै आउँदो सोमवार ९ गते विहान ११ बजे बेथशालोम पुतलीसडक चर्चमा एक धन्यवाद तथा प्रार्थना सभा आयोजना गर्ने भएको हुँदा सबै मण्डली तथा संघसंस्थालाई यसै पत्रकार सम्मेलन मार्फत सहभागिको लागि हार्दिक अनुरोधका साथ आह्वान समेत गरेको छ 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd