धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

अन्तर मण्डलीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कार्तिक २४, २०७६, राष्ट्रिय ख्रीष्टियन महासंघको काठमाण्डौ युवा विभागको आयोजनामा प्रशंसा मण्डली धापासी काठमाण्डौमा अन्तर मण्डलीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि महासंघको सहअध्यक्ष रिता थापा मगर हुनुहुन्थ्यो साथै यस्तै प्रतियोगिताहरु बेला बेला भएमा चर्चको युवाहरुमा पनि बाइबलीय सम्बन्धी ज्ञान बढ्दै जान्छ भनेर सबैलाइ उत्साहको मन्तब्य पनि राख्नुभयो । सो कार्यक्रम पा. नवराज घलेले सुरुको प्रार्थना गरेर कार्यक्रम सुरु गरियो ।

प्रतियोगितामा यहोवा शालोम चर्च, नविन चर्च, काठमाण्डौ फेलोसिप ब्याप्तिस चर्च, शिलोआम टुप्पेक चर्च, शिलोआम टोखा मण्डली, संयुक्त दर्शन मण्डली, नेपाल इम्मानुएल मण्डली, सेन्ट पेन्ट्रा चर्च, शालोम ब्याप्तिस, गंगबु दर्शन मण्डली र प्रशंसा मण्डली गरी ११ वटा मण्डलीहरु सहभागी थिए साथैे केन्द्रिय युवा विभाग प्रमुख मुकेश मोक्तान, भक्तपुर युवा विभाग प्रमुख पा. आशिष लामा र काठमाण्डौ जिल्ला प्रमुख पा. एरोन तामाङले आ–आफ्नो मन्तब्य राख्नुभएको थियो । सो कार्यक्रम संचालन काठमाण्डौ युवा विभागको सचिव अगुवा श्रृजना मोक्तानले गर्नुभयो । उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो टिमहरुले सिल्ड, मेडल साथै क्रमश : रु ८०००, रु ५००० र रु ३००० रासी हासिल गरेका छन् ।

प्रतियोगी चर्चहरुमा प्रथम सेन्ट पेन्ट्रा चर्च, दोस्रो सालोम ब्याप्तिस मण्डली र तेस्रो संयुक्त दर्शन मण्डलीले जित्न सफल भएको छ । जित्ने टिमहरुलाई महासंघको सहअध्यक्ष रिता थापा मगर, महासंघको काठमाण्डौ जिल्ला अध्यक्ष पा. कुमार गुरुङ, पा. नवराज घले र पा. रविन बैद्यको हातबाट पुरस्कार हस्तान्तरण गरिएको थियो । पा. एरोन तामाङले जित्ने टिमलाई बधाई तथा सम्पुर्ण सहभागी मण्डलीहरुलाई धन्यबाद दिनुभयो र कार्यक्रमको समापनको प्रार्थना पा. रबी बैद्यले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd