धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

अन्तर धार्मिक विभागद्धारा ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न

८ पुस २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल अन्तर धार्मिक विभागले ललितपुरस्थित युनिर्भसल क्याफेमा ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । महासंघका केन्द्रिय सह–अध्यक्ष रेभ. शामूएल सोदेम्बाज्यूले सुरुको प्रार्थना गर्नुभएको सो कार्यक्रममा सह–सचिव तथा अन्तर धार्मिक विभाग प्रमुख पा. जोना योञ्जनज्यूको सभापतित्व र महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूको प्रमुख आतिथ्ता रहेको थियो । त्यस्तै विशेष अतिथिहरुमा विशप हेम चन्द्र शर्मा, वौद्धिक सनातन कर्मकाण्ड महासंघ नेपालका उपाध्यक्ष रामचन्द्र भण्डारीज्यू, नेपाल बौद्ध महासंघका उपाध्यक्ष नोर्बु लामाज्यू, विश्व ज्योतिष महासंघका उपाध्यक्ष र किरात धर्म साहित्य संघको संस्थापक डा. चन्द्र कुमार शेर्माज्यू, मुस्लिम कल्चरल सोसाइटीका अध्यक्ष अब्दुल सलाम खानज्यू, मुस्लिम महिला समाज कल्याण संघका अध्यक्ष तथा अन्तर धार्मिकका अभियान्ता सिमा खानज्यू, बहाई धार्मिक समुदायको तर्फबाट नरेन्द्र पाण्डज्यूे, नेपाल आदिवासी जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेपाज्यू र फ्रिडम फर अलका सचिव खगेन्द्र ओलीज्यू लगायत महासंघका पदाधिकारीज्यूहरुको मंचमा उपस्थिती रहको थियो । उपमहासचिव तथा प्रयास नेपालका संस्थापक कार्यकारी निर्देशक रेभ. चन्द्रमान नेपालीज्यूले विशेष अतिथि तथा अतिथिज्यूहरुलाई स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य दिने क्रममा उपस्थित सम्पुर्ण धार्मिक समुदायका प्रतिनिधिहरुले धर्मनिरपेक्षता मुलुक घोषणा भएपनि सम्पुर्ण धर्मावलम्बीहरुले स्वतन्त्र रुपमा त्यसको राम्रो सँग अभ्यास तथा अवलम्बन गर्न कठिन रहको बताउनुभयो । साथै धार्मिक समुदायको आवश्यक मागहरु राज्यले सम्बोधन तथा सहज बातावरण नबनाएको र ख्रीष्टियन समुदायलाई पछाडी पारिएको प्रति दुःख व्यक्त गर्नुभयो । ख्रीष्टियन समुदायले शिक्षा, स्वास्थ्य लगायतका विकास निमार्णप्रति पु-याएको योगदानको राज्यले उच्च कदर गर्नुपर्ने उपस्थित सबै धार्मिक समुदायका प्रतिनिधिज्यूहरुले कार्यक्रममा जोड दिनुभयो । साथै ख्रीष्ट जन्मोत्सव–२०७४ तथा नयाँ वर्ष २०१८ को शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमलाई थप मनोरञ्जन दिन गीतहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको कुशल संचालन सचिव पा. किरण दासज्यूले गर्नुभएको थियो भने कार्यक्रमको अन्तमा सभापति तथा विभाग प्रमुख पा. जोना योञ्जनज्यूले आगन्तुत अतिथि पाहुना तथा उपस्थित सबैलाई धन्यवाद दिँदै ख्रीष्ट जन्मोत्सवको शुभकामना व्यक्त गनुभई अन्तिम प्रार्थना योजना तर्जुमा तथा स्रोत साधन पहिचान विभाग प्रमुख पा. प्रेम सुब्बाज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd