धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दिदिबहिनी आत्मिक सेवा

   width=  

फागुन २५,२०७६। राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल अन्तर्गत केन्द्रीय महिला विभागको आयोजनामा एक दिने दिदिबहिनी आत्मिक सेवा सम्पन्न भएको छ ।आज(आइतबार) ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर विभागले काठमाडौंको बुद्धनगरस्थित शालेम चर्चमा आत्मिक सेवाको आयोजना गरेको हो । कार्यक्रममा वचन प्रचार गर्दै सह अध्यक्ष रिता थापा मगरले यस वर्ष समानताको पुस्ता: अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नारा अनुसार हामी पनि ख्रीष्टमा सबै एउटै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “परमश्वरको वचनमा पनि हामीले देख्न सक्छौं, हामीलाई अब उप्रान्त एउटै बनाउनु भएको छ र गलती ३:२७-२९ को पदलाई हेर्ने हो भने अब न त पुरुष न स्‍त्री, किनभने ख्रीष्‍ट येशूमा हामीहरु सबै एउटै हौं।”

   width=      width=  

सह अध्यक्ष थापाले सबैलाई परमेश्वरले एउटै बनाउनु भएको कुरा उल्लेख गर्दै उत्साहजनक वचन बाँड्नुभयो ।कार्यक्रमलाई सचिव चित्र रेखा ओझाले कुशलताका साथ संचालन गर्नुभएको थियो । विभाग प्रमुख तथा उपाध्यक्ष डोमा राईको धन्यवाद ज्ञापन र प्रार्थनासंगै कार्यक्रम समापन भयो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd