धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

अन्तराष्ट्रिय विभागको बैठक सम्पन्न

४ पुस २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ अन्र्तगत अन्तराष्ट्रिय विभागका प्रमुख तथा केन्द्रिय उपाध्यक्ष सुश्री अन्ना पेडनज्यूको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकमा अन्तराष्ट्रिय विभागले पुर्णता पाएको छ । जसमा केन्द्रिय उपाध्यक्ष सुश्री अन्ना पेडनज्यूको संयोजकत्वमा ७ सदस्यीय पदाधिकारीहरुको समिति गठन भएको छ । जसमा सदस्यहरु स्रोत साधन पहिचान विभागका प्रमुख पा. प्रेम सुब्बाज्यु, सचिव तथा आर्थिक विभाग प्रमुख पा. हेम बहादुर थापाज्यू, केन्द्रिय सदस्य तथा युवा विभाग प्रमुख पा. देवीलाल श्रेष्ठ (देव) ज्यू, प्रशासकिय अधिकृत सन्तोष खड्काज्यू, केन्द्रिय सदस्य सुशिला खड्काज्यू र सदस्य सचिव तथा कार्यक्रम संयोजक संजय लिम्बज्यूु रहेका छन् । विभागले अन्तराष्ट्रिय क्षेत्रमा महासंघको सम्बन्ध विस्तार र समन्वय गर्ने र महासंघको विधान अनुसार उदेश्य मिल्ने संघसंस्था सँग पत्राचार गरी सहकार्य गर्ने निर्णय गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd