धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

अन्तराष्ट्रिय नारी दिवस भव्यताका साथ सम्पन्न

  २४ फागुन २०७४ विहिवार, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल केन्द्रिय महिला विभागद्धारा १०८ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा दिदीबहिनी आत्मिक सेवा कार्यक्रम महासंघको केन्द्रिय कार्यालयमा सम्पन्न गरेको छ । महिला विभागका सह–सचिव पा. इन्दु राई ज्युले संचालन गर्नुभएको सो कार्यक्रममा विभागका सह–कोषाध्यक्ष सुशिला खड्काज्यूले आगन्तुक सबैलाई स्वागत गर्नुभएको हो । विभागका सचिव पूजा पराजुलीज्यूले स्तुति प्रशंसाको अगुवाई गर्नुभएको थियो भने कार्यक्रममा उत्साहजनक अभिप्रेरित आशिषमय वचनको सेवा क्याम्पस क्रुसेड फर क्राइष्टका राष्ट्रिय प्रार्थना संयोजक आरती कठायतज्यूले बाँड्नुभएको थियो ।     महासंघका उपाध्यक्ष एवं अन्तराष्ट्रिय विभाग प्रमुख तथा विभागका सल्लाहकार सुश्री अन्ना पेडनज्यूले मन्तव्य दिँदै दिदीबहिनीहरु बाइवलीय ज्ञानमा बढदै प्रार्थनाद्धारा हरेक क्षेत्रमा क्रियाशिल भई परमेश्वरको महिमा दिने कार्यमा लाग्नु अहिलेको अपरिहार्य आवश्यक रहेको बताउँनुभयो । ललितपुर महिला विभागका अध्यक्ष पा. आशा राईज्यूले प्रार्थनाको विभिन्न विषयहरु बाँडनुभई प्रार्थनाको अगुवाई गर्नुभएको थियो । उक्त कार्यक्रमको धन्यवाद र अन्तिम प्रार्थना केन्द्रिय महिला विभागका अध्यक्ष डोमा राईज्यूले गर्नुभई कार्यक्रमको समापन भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd