धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महिला विभागकाे वार्षिक समिक्षा सम्पन्न

३० श्रावण २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय महिला विभागको अध्यक्ष डाेमा रार्इकाे सभापतित्वमा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएकाे छ । महासंघका केन्द्रिय महिला विभागका सहसचिव इन्दु रार्इले संचालन गर्नु भएकाे कार्यक्रममा महासंघका केन्द्रिय महिला विभागका अध्यक्ष डाेमा रार्इले वर्षभरि गरेका कार्यक्रमकाे बारेमा जानकारी गराउनु भएकाे थियाे भने काेषाध्यक्ष पूजा श्रेष्ठ पराजुलीले महिला विभागकाे कुन कुन ठाउँबाट कसरी खर्च र अाम्दानी भयाे भनेर बताउँनु भएकाे थियाे ।
कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष डा.फिलेमाेन क्षेत्री, सह अध्यक्ष सरिता गिरी थापा, उपाध्यक्ष तथा संगठन विभाग प्रमुख जे. वि. भित्राकाेटी लगायतका केन्द्रिय पदाधिकारीहरूले अाफ्नाे शुभकामना मन्तव्य राख्नु भएकाे थियाे भने साथमा उहाँहरूले महिला विभागलार्इ उत्साह, सल्लाह सुझाव पनि दिनुभएकाे उक्त समिक्षा कार्यक्रमकाे अन्तिम प्रार्थना कार्यवाहक अध्यक्ष डा. क्षेत्रीले गरि कार्यक्रमकाे समापन भएकाे थियाे ।

© 2025 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd