सल्यानस्थित थुनामा परेका अभियुक्तका छोराछोरीलाई महासंघले “ज्योतिको घर नेपाल” लाई हस्तान्तरण |
आज सोमबार राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको पहलमा सल्यानस्थित थुनामा
परेका अभियुक्त आमा गंगा परियार र बुवा रुपलाल परियारको ८ वर्षको छोरा
शामुएल परियार र ९ वर्षकी छोरी रिता परियारलाई महासंघको कार्यालय
मानभवनमा पत्रकार सम्मेलन गरि “ज्योतिको घर नेपाल” लाई हस्तान्तरण गरिएको
छ । महासंघको संरक्षण रहने गरि बच्चाहरूलाई बालगृहमा सम्पूर्ण लालनपालनको
व्यवस्था गरिएको हो । “ज्योतिको घर नेपाल” का निर्देशक राजजंग कुवर र
होस्टेल इन्चार्ज बिक्रम तामाङलाई जिम्मा लगाइएको हो ।
सोही क्रममा महासंघका केन्द्रीय सदस्य बल बहादुर ताम्राकारले नानीहरूको
अवस्थाको बारेमा जानकारी गराएका थिए भने प्रदेश नं. ६ का प्रमुख पा.पदम
गैरेले सुनियोजित तरिकाले सोझासाझा व्यक्तिहरूलाई झुटो मुद्दामा फसाएको
बताउनुभयो । लामो समयसम्म नाताले काका पर्ने बुद्धिराज परियारले
नानीहरूलाई हेरविचार गर्दै आइरहनु भएतापनि नानीहरूको हेरचाहको लागि
दुईहजार बाहेक कतैबाट पनि सहयोग नपाएको उहाँले बताउनु भएको भयो ।
सल्यानको कुपिन्ड़े गा.वि.स. वडा नं ४ मा घटेको उक्त घटनालाई सुर्खेतस्थित
उच्चस्तरीय अदालमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले मुद्धा दर्ता
गरिएको छ र सो मुद्धाको बारेमा चाडैं सुनुवाई हुने बताईएको छ ।