२७ जेठ २०७९ (शुक्रबार) । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष केन्द्रिय समितिको बैठक महासंघका कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा महासंघका कार्य बहाक अध्यक्ष, संरक्षक, सह–अध्यक्षहरु, उपाध्यक्ष, केन्द्रिय सदस्य लगाएत विशेष समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
महासचिव चित्ररेखा ओझाले महासंघको विधानको धारा ४६ को उपधारा ३ बमोजिम राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको उदेश्यलाई प्राप्त गर्न रिक्त पदमा पदपुर्ति र पदउन्नतिका लागि मनोनयन प्रस्ताब १. रेणु विश्वकर्मा, २. मधु कुमार राई, ३. धन बहादुर घले, ४. मन बहादुर लामिछाने, ५. पुनम गुरुङ, ६. सिर्जना वाईबा, ७. त्रिनेत्र घले, ८. बिनय लामा, ९. डेबिड शेर्पा, १०. खेम कुमारी पुर्जा, ११. रमेश लामा, १२. खिल बहादुर पोडे, १३. चन्द्र माया श्रेष्ठलाई केन्द्रिय सदस्य पदमा सर्बसम्मतीले मनोनयन गरिएको छ भने १. सुदुरपश्चिम प्रदेश उपप्रमुख रेभ. डा. नरि राम लुहार (बिनोद)लाई उपाध्यक्ष तथा प्रदेश प्रमुख पदमा पदउन्नतीको लागि प्रस्ताव पेश गरेको छु भने पा. जितेन्द्र ताम्राकारलाई उपाध्यक्ष पद कायम २. सल्लाहकार पा. हरि प्रधानलाई उपाध्यक्ष पदमा पदउन्नती, ३. सचिव पा. आशा राईलाई उपाध्यक्ष पदमा पदउन्नती, ४. उपमहासचिव सुजना बस्नेतलाई सहमहासचिव पदमा पदउन्नती, ५. केन्द्रिय सदस्य बलराम विश्वकर्मा (शैलेस)लाई सचिव पदमा पदउन्नती, ६. केन्द्रिय सदस्य मिनावती श्रेष्ठलाई सहकोषाध्यक्ष पदमा पदउन्नती सर्बसम्मतीले पारित गरिएको छ ।