राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको बृहत प्रार्थना सभा सम्पन्न ।
१३ कार्तिक २०७९ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्धारा आयोजित कार्यक्रम बृहत प्रार्थना सभामा एन.सि.एफ. नेपालका अध्यक्ष रेभ. हनोक तामाङको प्रमुख आतिथ्यतामा ललितपुरको सेतिपाखा आशिष चर्चमा सम्पन्न भएको छ ।
सभालाई सम्बोधन गर्दै एन.सि.एफ.नेपालका अध्यक्ष रेभ. हनोक तामाङले पवित्र बाइबलबाट प्रार्थनाको महत्व र आवश्यकताको बारेमा प्रकाश पार्नुभएको थियो । भने हाम्रो कार्यगत एकता अझै बलियो भएर जाने विश्वास ब्यक्त गर्नुभयो ।
महासंघका सल्लाहकार रेभ. बाबुराम हिङमाङले महासंघको विभिन्न कार्यको बारेमा महत्वपूर्ण प्रकाश पार्नुका साथै जुनसुकै परिस्थितीमा पनि आफु महासंघको पक्षमा रहेको बताउनुभयो । महासंघका सहअध्यक्ष तथा राजनीतिक विभाग प्रमुख रेभ. उद्धव चिमोरीयाले महासंघले गरेको ऐतिहासिक सम्झौता ३ बुँदे र ६ बुँदेलाई उद्रीत गर्दै नेपाल सरकार र महासंघ बिच भएको महत्वपूर्ण सम्झौतालाई ख्रीष्टियन समुदायको लाल पुर्जाको संज्ञा दिनुभयो ।
त्यसै गरी सभालाई सम्बोधन गर्दै सभाका अतिथि सी.बी. गहतराजले महासंघको दर्शन बृहत भएकोले महासंघ त्यस तर्फ निरन्तर अघि बढिरहेकोले सबैको साथ र समर्थन साथै सामाजिक संजालमा आएको बिभिन्न भ्रामक समाचार आएको कुरालाई भ्रममा नपर्न र महासंघको विधान अनुसार नै बिशेष केन्द्रिय कार्य समितिको बैठकले सहअध्यक्ष डोमा राईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको निर्णय गरेको हुदा सम्पुर्ण नेपालीभाषी मण्डलीहरुलाइ जानकारी गराउनुका साथै प्रार्थना समेत गरिदिनुहुन अनुरोध गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्ष डोमा राईले महासंघको दर्शन, उदेश्य अनुसार सबैलाई मिलाएर लैजाने बताउनुका साथै प्रार्थना सहित सबैलाई एक भएर जानको लागि सहयोग र सहकार्य गर्न आह्वान गर्नुभयो ।
बृहत प्रार्थना सभामा सुरुको प्रार्थना महासंघका सहअध्यक्ष तथा प्रार्थना विभाग प्रमुख देउमाया तामाङले गर्नुभएको थियो भने आराधनामा महासंघका उपमहासचिव पा. करण सिलवालले गर्नुभएको थियो । सभाको संचालन महासंघका कार्यवाहक महासचिव तथा प्रवक्ता ज्ञानेन्द्रराज सापकोटाले गर्नुभयो । अन्तिम प्रार्थना तथा धन्यवाद कार्यवाहक अध्यक्ष डोमा राइले गर्नुभएको थियो ।