भाद्र १३, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, केन्द्रिय महिला विभागको आयोजनामा भेला (शनिबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । उक्त भेलामा केन्द्रिय महिला विभागका पदअधिकारीहरु, राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बैठकमा महिला विभागको भावी योजना तथा कार्यक्रमहरुको विषयमा प्रतिनिहरुसँग छलफल भएको थियो ।
उपाध्यक्ष तथा महिला विभाग प्रमूख डोमा राईले सञ्चालन तथा वचनको सेवकाई गर्नुका साथै सहभागिहरुलाई धन्यवाद दिएर प्रार्थनाद्वारा भेलाको समापन भएको थियो ।