धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय पम्फा भुसालज्यूलाई बधाई

५ माघ २०७४, ललितपुर । ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा ने.क.पा. माओवादी केन्द्रका प्रवक्ता नेतृ माननीय पम्फा भुसालज्यूलाई भेट गर्न र बधाई तथा शुभकामना व्यक्त गर्न राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको एक प्रतिनिधि मण्डल उहाँको निजि निवासमा पुगेको छ । सो भेटमा उपस्थित महासंघका पदाधिकारीज्यूले माननीय पम्फा भुसालज्यूलाई संयुक्त प्रार्थना गर्नुभई सह–अध्यक्ष रेभ. डा. फिलमोन क्षेत्रीज्यूले अन्तिम प्रार्थना गर्नुभएको थियो । साथै अध्यक्ष सी.वी. गहतराजज्यूले निर्वाचित माननीय पम्फा भुसालज्युलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो भने उक्त भेटमा माननीय पम्फा भुसालज्युले ख्रीष्टियन समुदायलाई धन्यवाद दिँदै महासंघले लामो समय देखि ख्रीष्टियन समुदायको हक अधिकार र अस्तित्व पहिचानको लागि गरेको कामको सराहानीय व्यक्त गर्नुभएको थियो । उक्त भेटमा महासंघको तर्फबाट अध्यक्ष सी.वी. गहतराजज्यू, सह–अध्यक्षज्यूहरु रेभ. डा. फिलमोन क्षेत्रीज्यू, पा. तेजमान तामाङ्गज्यू, रेभ. शामूएल सोदेम्बाज्यू, रेभ. काजीरत्न मर्हजनज्यू, उपाध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख सुश्री अन्ना पेडनज्यू, महासचिव पा. पदमनाथ पराजुलीज्यू, सचिवज्यूहरु पा. उदयराज भाटज्यू, सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरियाज्यू, पा. किरण दासज्यू, प्रार्थना विभाग प्रमुख देउमाया तामाङज्यु, ललितपुर महिला विभागका अध्यक्ष पा. आशा राईज्यू र कार्यालय सचिव निरोज तोलाङेज्यूको उपस्थिती रहको थियो ।

© 2025 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd