२ जेठ २०७९ काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको उपत्यका प्रार्थना विभागद्वारा आयोजित मासिक उपत्यका प्रार्थना अनुग्रह प्रतापी मण्डली चप्पल कारखाना काठमाण्डौमा सम्पन्न भएको छ । पा. आत्माराम रम्तेलले सुरुको प्रार्थना गरेर कार्यक्रम अगाडी बढाउनु भएको थियो भनेे केन्द्रिय सचिव पा. आशा राईले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नु भएको थियो ।
आराधनाको अगुवाइ केन्द्रिय सचिव अनिल राईले गर्नुभएको थियो । विभिन्न विषयहरुमा विभिन्न पदाधिकारीहरुले प्रार्थना गर्नु भएको थियो भने सहअध्यक्ष तथा केन्द्रिय प्रार्थना विभाग प्रमुख देउमाया तामाङले सबैलाई धन्यवाद दिएर अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नु भएको थियो । उपत्यका प्रार्थना बिभाग सदस्य लिला कुमारी कोइराला राजथलाले कुसलता साथ कार्यक्रम संचालन गर्नुभएको थियो ।