धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सचिवालय समितिको बैठक सम्पन्न

२० पुस २०७४, ललितपुुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल केन्द्रिय सचिवालयको बैठकका अध्यक्ष केन्द्रिय महासचिव पा. पदमनाथ पराजुलीको अध्यक्षतामा र अध्यक्ष सी.वी. गहतराजज्यूको विशेष उपस्थितीमा बैठक सम्पन्न भएको छ । बैठकमा सचिवालयले हालसम्मको कामको समिक्षा गर्दै नयाँ वर्ष २०१८ सालसम्मको कार्ययोजना तयार गर्ने निर्णय गरेको छ । साथै कार्यालयको उचित व्यवस्थापनको लागि कार्यालयको नीतिलाई कार्यान्वयन गरी कार्यालयको कामलाई चुस्त र दुरुस्त बनाउने र सबै जिल्लामा महासंघबाट दिइने प्रशिक्षण कार्यलाई सचिवालयले तिब्रता दिई अझ सशक्त बनाउँदै विभिन्न जिल्लाहरुमा संगठन विस्तार गरी तिव्र गतिमा अघि बढाउने निर्णय गरेको छ । उक्त बैठकको सुरुको प्रार्थना सचिव पा. तेज बहादुर रोक्काज्यूले गर्नुभई अन्तिम प्रार्थना महासंघका सचिव तथा आर्थिक विभाग प्रमुख पा. हेम बहादुर थापाज्यूले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरियाज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd