धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

युवा विभागको मासिक बैठक सम्पन्न

३० पुस २०७४, काठमाण्डौँ । जिल्ला र प्रदेशमा युवा विभागको विस्तार गर्न आन्तरिक तयारीको लागि हिजो शनिवार राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको युवा विभागका प्रमुख देवीलाल श्रेष्ठ (देव) ज्यूको अध्यक्षतामा विभागको मासिक बैठक सम्पन्न भएको छ । काठमाण्डौँ महाराजगञ्ज, वाँसवारीस्थित सुन र विश्वास गर मण्डलीमा सम्पन्न भएको सो बैठकले ललितपुर, भक्तपुर र काठमाण्डौँमा जिल्ला समितिको गठन, परिचालन र विस्तार गर्नको लागि ३/३ जनाको संयोजन समिति निर्माण गरेको छ । जसमा ललितपुर जिल्लाबाट दिनेश कन्दङवा, पा. केशव राई र सन्तवीर तामाङ हुनुहुन्छ भने भक्तपुर जिल्लाबाट सन्जिव खत्री, बुद्धि प्रकाश मुखिया र इजकिएल तामाङ छन् । साथै काठमाण्डौँ जिल्लाबाट अभिषेक तामाङ, कृष श्रेष्ठ र प्रियंका थापा समितिमा रहनु भएको छ । गठित तीन जिल्लाको संयोजन समितिले आउँदो माघ १३ गते शनिवार २७ तारिखका दिन विभागको बैठकमा प्रतिवेदन बुझाउने निर्णय गरेको छ । बैठकमा महासंघका आर्थिक विभाग प्रमुख तथा सचिव पा. हेम बहादुर थापाज्यूको विशेष उपस्थिती रहको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd