धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

प्रार्थना विभागको बैठक तथा प्रार्थना संगति सम्पन्न

१ माघ २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्रार्थना विभागका प्रमुख देउमाया तामाङज्यूको अध्यक्षतामा बैठक तथा प्रार्थना संगति चप्पलकारखानास्थित अनुग्रह प्रतापी मण्डलीमा सम्पन्न भएको छ । बैठकले महासंघको समसामयिक विभिन्न विषयहरुमा र देशको लागि प्रार्थना गरेको हो । उक्त बैठक तथा प्रार्थना संगतिको संचालन डिकन दिपेन्द्र खड्काज्यूले गर्नुभएको थियो भने शुरुको प्रार्थना विभागका उपाध्यक्ष पा. प्रेमा राईज्यूले गर्नुभएको छ । साथै आशिषित परमेश्वरको वचन पा. जीवन बस्नेतज्यूले बाँडनु भई अन्तिम प्रार्थना विभागका प्रमुख देउमाया तामाङज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd