धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ख्रीष्टमस मुल समारोह समितिको बैठक सम्पन्न

२१ पुस २०७४, ललितपुर । ख्रीष्टमस मुल समारोह समितिका संयोजक पा. तेज बहादुर रोक्काज्यूको संयोजकत्वमा बैठक सम्पन्न भएको छ। ख्रीष्टमस महोत्सव–२०७४ का संयोजक सचिव पा. तेज बहादुर रोक्काज्यूले प्रस्तुत गर्नुभएको ख्रीष्टमसको प्रगति प्रतिवेदन र आर्थिक विभागका प्रमुख सचिव पा. हेम बहादुर थापाज्यूले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन बैठकले सर्वसम्मतले पारित गरेको छ । साथै प्रभु येशू ख्रीष्टको शुभ जन्मोत्सव ख्रीष्टमस महोत्सव–२०७४ सफल बनाउन विभिन्न विभागका प्रमुखज्यूहरुले पाएको जिम्मेवारी अनुसार त्यसको प्रतिवेदन समेत प्रस्तुत गरी बैठकमा सो प्रगति प्रतिवेदनहरुको समिक्षा समेत गरिएको थियो । बैठकले आउँदो प्रभु येशू ख्रीष्टको पुनरुत्थानको दिन (इष्टर सण्डे) भव्यताका साथ मनाउनको लागि सहअध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीज्यूको संयोजकत्वमा ९ सदस्यीय संयोजन समिति गठन गरेको छ । जसमा सदस्यहरु सह–अध्यक्ष डा. सरिता गिरी थापाज्यू, उपमहासचिव पा. चन्द्रमान नेपाली, उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजु, सचिव पा. तेज बहादुर रोक्काज्यू, सचिव पा. उद्धव चिमोरियाज्यू, सचिव पा. किरण दासज्यू, सचिव तथा आर्थिक विभाग प्रमुख पा. हेम बहादुर थापाज्यू र कोषाध्यक्ष पा. धन बहादुर थापा (आमेन)ज्यू सदस्य हुनुहुन्छ ।  महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले प्रभु येशू ख्रीष्टको शुभ जन्मोत्सव ख्रीष्टमस महोत्सव–२०७४ र नयाँ वर्ष २०१८ को उपलक्ष्यमा उपराष्ट्रपतिज्यूको कार्यालयमा आयोजना गरेको विशेष शुभकामना आदनप्रदान कार्यक्रम लगायतका सप्ताहव्यापी कार्यक्रमहरु सफल बनाउनको लागि विभिन्न पदाधिकारीज्यूहरु र विभिन्न विभागहरुले महत्वपुर्ण भूमिका निर्वाह गरकोमा धन्यवाद दिनुभएको थियो । उक्त बैठक महासंघका महासचिव पा. पदमनाथ पराजुलीज्यूले संचालन गर्नुभएको थियो र सह–अध्यक्ष रेभ. काजीरत्न मर्हजनज्यूले सुरुको प्रार्थना गर्नुभएको थियो भने सह–अध्यक्ष डा. सरिता गिरी थापाज्यूले आशिषित परमेश्वरको वचन बाँडनुभएको थियो । साथै बैठकको अन्तिम समापनको प्रार्थना सह–अध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd